बुधबार, वैशाख १२, २०८१

पोकोको नयाँ बजेट फोन, मूल्य कति ?

नेपालखोज २०७८ असोज २६ गते ७:२९

काठमाडौं । मोबाइल फोन कम्पनी पोकोले एउटा नयाँ स्मार्टफोन पोको सी-३१ सार्वजनिक गरेको छ । यो फोन सेटमा मिडिया टेक हिलियो-जी प्रोसेसर प्रयोग गरिएको छ । पोकोको यो स्मार्टफोनमा ट्रिपल क्यामेरा सेटअप दिइएको छ । यो फोनको मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ । पोको सी-३१ मा पाँच हजार एमएएचको ब्याट्री उपलब्ध हुन्छ । पोको कम्पनीको दाबीअनुसार यो फोनको ब्याट्री दुई दिनसम्म चल्छ ।

मूल्य कति छ ?
पोको सी-३१ स्मार्टफोनको प्रारम्भिक मूल्य १४ हजारमाथि बाट सुरु हुन्छ । यो ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य हो । यसको ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य १६ हजारजति हुन आउँछ । यो फोन स्याडो ग्रे तथा रोयल ब्लु कलरमा खरिद गर्न सकिन्छ ।

५१२ जीबीसम्म बढाउन सकिन्छ स्टोरेज
पोको सी-३१ स्मार्टफोनमा वाटरड्रप-स्टाइल न्याचका साथ ६.५३ इन्चको एचडी प्लस एलसीडी डिस्प्ले प्रयोग गरिएको छ । यो स्मार्टफोनको स्टोरेज माइक्रोएसडी कार्डमार्फत ५१२ जीबीसम्म पुर्‍याउन सकिन्छ । यो फोनमा रियर-माउन्टेड फिङरप्रिन्ट सेन्सर तथा फेस अनलक सपोर्ट उपलब्ध हुन्छ ।

कस्तो छ क्यामेरा
पोको सी-३१ मा ट्रिपल क्यामेरा सेटअप दिईएको छ । यसको मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ । त्यसका अतिरिक्त, फोनमा २-२ मेगापिक्सेलका दुईवटा क्यामेरा दिइएको छ । सेल्फी र भिडियो कलिङका लागि यसको फ्रन्टमा ५ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ । पोको कम्पनीको दाबीअनुसार यो फोनको ब्याट्री स्टेन्डबाई मोडमा ५४० घण्टासम्म चल्छ। यो ब्याट्रीले गेम खेल्दा १० घण्टा तथा म्युजिक सुन्दा ९१ घण्टा काम गर्छ ।

यो डुअल सिम फोन हो जसले फोर-जी वोएलटीईलाई सपोर्ट गर्छ । यसमा ३.५ एमएमको ज्याक र बेसिक कनेक्टिभिटी फिचर्स उपलब्ध हुन्छ ।

प्रतिक्रिया