भारतमा डेंगीका बिरामी बढे
नेपालखोज
२०७८ असोज २६ गते ११:४०
काठमाडौं । कोरोना महामारी नियन्त्रण हुन लाग्दा भारतका विभिन्न राज्यमा डेंगीका बिरामी बढ्न थालेका छन् ।
नयाँ दिल्लीसहित उत्तर प्रदेश र मध्यप्रदेश लगायतका ठाउँमा यसका बिरामी बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानी दिल्लीमा यो महिना सुरु भएपछि मात्रै ४ सय ८० जनाभन्दा धेरै संक्रमित भइसकेका छन् ।
मध्यप्रदेश सरकारले डेंगी नियन्त्रण अभियान सुरु गरेको छ । यस्तै ग्वालियर जिल्लामा घरघरमा गएर डेंगीका बिरामीको सर्भे भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया