फिलिपिन्समा आँधी : ९ जनाको मृत्यु, ११ बेपत्ता
काठमाडाैं । फिलिपिन्समा भीषण उष्ण तटीय आँधी कोम्पासुका कारण गएको बाढी र पहिरामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन् ।
एजेन्सीका अनुसार आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो खसेको छ जसका कारण सडक र पुलहरू नराम्रोसँग प्रभावित भएका छन्। आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रहरूमा १,६०० भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।
फिलिपिन्स वायुमण्डलीय, भूभौतिकीय र खगोलीय सेवा प्रशासनले जनाए अनुसार स्थानीय समय बिहान १० बजेतिर तूफान लुजोन टापुको उत्तरपूर्वी भागमा कागायन प्रान्तको ३१५ किलोमिटर पश्चिममा देखिएको थियो ।
स्थानीय प्रशासनका अनुसार उक्त तूफान पश्चिमतिरबाट उत्तर पश्चिमतिर २० किमी प्रति घण्टा चलिरहेको गतिमा थियो। साथै यसैबीच उत्तरी फिलिपिन्समा भारीका कारण पहिरो र बाढी आउँन सक्ने चेतावनी दिइएको छ ।
आँधीबेहरीले फिलिपिन्सलाई नराम्रोसँग सताइरहेको छ र यसले सयौंको ज्यान लिइरहेको छ भने अर्बौं डलरको नोक्सान पुर्याहएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया