मंगलबार, मंसिर १८, २०८१

चौबीस घण्टामा थपिए ७९२ संक्रमित, थप १४ को मृत्यु

नेपालखोज २०७८ असोज २६ गते १८:०९

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६० जनाको पीसीआर परीक्षणमा ६९१ र २ हजार ५५९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०१ जना गरि कुल ७९२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप ९१० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । हाल मुलुकमा निको हुने दर ९६ दशमलब ८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, चौबीस घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया