शुक्रबार, वैशाख ७, २०८१

सान्सी प्रान्तमा आँधी : १५ जनाको मृत्यु, ३ बेपत्ता

नेपालखोज २०७८ असोज २६ गते २०:२७

बेइजिङ । लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन्।

प्रान्तीय सरकारद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अक्टोबर २ देखि ७ सम्म प्रान्तले सबैभन्दा शक्तिशाली शरदीय बाढीको अनुभव गरेको छ।

उक्त वर्षा र आँधीका कारण त्यस प्रान्तमा १० लाख ७६ हजार मानिस प्रभावित भएका छन् भने १ लाख २० हजार एक सय जनालाई स्थानान्तरण गरिएको छ।

यसैगरी तीन लाख ३७ हजार ७ सय घर भत्किएका भने दुई लाख ३८ हजार ४६० हेक्टर जमिनमा लगाइएको बालीनाली क्षतिग्रस्त भएको छ । जसको कारण ७८० मिलियन अमेरिकी डलरबराबरको आर्थिक क्षति भएको सिन्ह्वाले जनाएको छ।

प्रतिक्रिया