अवरुद्ध सडक नखुल्दा समस्या
नेपालखोज
२०७८ असोज २७ गते ७:५२
तनहुँ । तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरा नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ ।
वर्षाका कारण गत असार–साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई समस्या भएको हो ।
शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिराले बाटो भत्किएको छ । गाउँपालिकाले दसैँमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी राम वंशी ठकुरीले बताए ।
पहिराले बाटो अवरुद्ध हुँदा देवघाट गाउँपालिका–२ र देवघाट गाउँपालिका–३ का जनता प्रत्यक्ष प्रभावित भएका छन् । गाउँपालिकाले उक्त मार्गलाई गत भदौ अन्तिमभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए पनि काम नभएको उनको गुनासो छ ।
सम्बन्धित
प्रतिक्रिया