नेपाल पहिलोपटक फाइनलमा प्रवेश !
नेपालखोज
२०७८ असोज २७ गते १८:४०

काठमाडौं । नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक ऐतिहासिक जित निकालेको छ । बुधबार भएको खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
राउण्ड रोबिन लिगको अन्तिम खेलमा १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।
अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन् । मालेस्थित राष्ट्रिय रंगशालामा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो ।
सम्बन्धित
प्रतिक्रिया