शुक्रबार, वैशाख १४, २०८१

असोज ३० र कात्तिक १ गते देशभर वर्षाको सम्भावना

नेपालखोज २०७८ असोज २७ गते १८:४९

काठमाडौं । नेपालमा असोज ३० र कार्तिक १ गते देशभर हल्कादखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । प्रकोप विज्ञ डा धर्मराज उप्रेतीका अनुसार दसैँको दिन पूर्वी भू- भागबाट सुरु भएर असोज ३० र कार्तिक १ गते देशभर नै वर्षाको सम्भावना छ ।

नेपालबाट सोमबार मनसुन बाहिरि सकेको छ । अक्टोबर २ अर्थात् गएको असोज १६ गते मनसुन बाहिरिने अनुमान गरिएकोमा ९ दिन ढिला गरी मनसुन बाहिरिएको हो।

यस वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो । देशका ८६ ठाउँमा रहेका मापन केन्द्रको रेकर्ड अनुसार यस वर्षको मनसुनमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ ।

प्रतिक्रिया