बिहीबार, वैशाख ६, २०८१

तलेजुमा दर्शनार्थीको भिड

नेपालखोज २०७८ असोज २८ गते ११:५२

काठमाडौं । वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थी भक्तजनको भिड लागेको छ ।

बिहीबार बिहानैदेखि तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भिड लागेको हो । काठमाडौंको हनुमानढोका दरबारस्थित तलेजु भगवतीको मन्दिर वर्षको एकदिन आज (महानवमी) को दिन मात्रै खुला हुन्छ ।

नेपालीहरुको महान् चाड (विजया दशमी) को अवसरमा खुला गरिने तलेजु मन्दिरमा आजको दिन लामबद्ध भएर दर्शनका लागि बसेकाहरु सबैलाई दर्शन र पूजाअर्चना गर्न दिइने बताइएको छ ।

कोरोना महामारीको जोखिमका कारण गत वर्ष आम नागरिकहरुलाई दर्शनका लागि खुला नगरिएको तलेजु भगवतीको मन्दिर यस वर्ष भने स्वास्थ्यका मापदण्ड पूर्ण पालना गराएर खुला गरिएको हो ।

प्रतिक्रिया