शुक्रबार, वैशाख ७, २०८१

कस्तो छ बादशाह खानका छोराको जेल बसाइ ?

नेपालखोज २०७८ असोज २८ गते १५:४७

मुम्बई । बलिउडका बादशाह भनिने सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानसमेत पाँच आरोपीको बुधबार गरिएको कोभिड टेस्ट नेगेटिभ देखिएपछि आर्थर रोडस्थित केन्द्रीय जेलमा बन्द आर्यन खान र अन्य कैदीलाई क्वारेन्टिन ब्यारेकबाट सामान्य कैदीहरुबीच सिफ्ट गरिएको छ ।

यी पाँचैजना कैदीलाई घरको व्यक्तिगत पहिरन प्रयोग गर्ने अनुमति भए पनि उनीहरुलाई बाहिरको अथवा घरको खाना दिने अनुमति नभएको जानकारी आर्थर रोडस्थित केन्द्रीय जेलका सुपरिटेन्डेन्ट नीतिन वायचलले दिएका छन् ।

आदेशबमोजिम आर्यन खान र अन्य आरोपीहरुले हिजो बेलुकादेखि जेलको खाना खान थालेका छन् । आर्यनले आफूले पाएको कुपनबाट जेलको क्यान्टिनबाट बिस्कुट, स्न्याक्स तथा पानीको बोतल लिएको भारतीय मिडियाहरुले जनाएका छन् । आर्यन खानसहितका आरोपीहरुलाई अन्य कैदीसरह कम्बल र तन्ना पनि दिइएको बताइन्छ ।

प्रतिक्रिया