दसैँमा ग्लोबल आईएमईको क्यास ब्याक अफर
नेपालखोज
२०७८ असोज २९ गते ११:५२
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले महान् चाड विजयादशमी २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सम्पूर्ण ग्राहकका लागि ‘दसैँ क्यास ब्याक’ योजना ल्याएको छ ।
बैंकका अनुसार यो क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले बैंकको मोबाइल बैंकिङ एप्लिकेसनमार्फत दक्षिणा दिन असोज २९ गते बिहान १० देखि दिनको १ बजेसम्म दसैँ दक्षिणा लेखी ब्यालेन्स ट्रान्सफर गर्दा ५० रुपैयाँ क्यास ब्याक पाउन सक्नेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया