शनिबार, वैशाख २९, २०८१

नेपालमा सक्रिय संक्रमित संख्या १३ हजारमा झर्‍यो

नेपालखोज २०७८ असोज २९ गते १६:४६

काठमाडौं । नेपालमा सक्रिय संक्रमित संख्या १३ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट सक्रिय संक्रमित संख्या १३ हजार ३०८ मा झरेको हो ।

गत चौबीस घण्टमा देशभरका अस्पतालहरुबाट थप ७७७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या ७ लाख ७९ हजार ९३१ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको छ ।

त्यस्तै नेपालमा गत चौबीस घण्टामा थप २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ९२ पीसीआर परीक्षणका क्रममा २४० जना र २ हजार ६२० एन्टीजेन परीक्षणका क्रममा ३२ जना गरि कुल २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार २७७ पुगेको छ ।

प्रतिक्रिया