शुक्रबार, वैशाख २८, २०८१

पर्वतमा जिप दुर्घटनामा ८ जना घाइते

नेपालखोज २०७८ असोज २९ गते २१:५५

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा शुक्रबार भएको जिप दुर्घटनामा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार दिउँसो करिब २ बजे ग १ ज ६९२६ नम्बरको जिप दुर्लुङबाट कुश्मातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

कुश्मा नगरपालिका–७ खरेहाका २२ वर्षीय गणेश सिलवाल, १९ वर्षीय खुसीमान रत्न, सोही उमेरका शिव पोख्रेल, वडा नं ३ दुर्लुङकी २८ वर्षीया शकुन्तला सुवेदी, ३४ वर्षीया सूचना सुवेदी, २० वर्षीय अनिल पौडेल, ५१ वर्षीया कृष्णकुमारी पौडेल र फलेवास नगरपालिका–४ का २२ वर्षीय कृष्ण शर्मा सापकोटा घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमनारायण श्रेष्ठका अनुसार घाइतेमध्ये अधिकांशको हात, खुट्टा, कान, अनुहार, छाति, टाउकोलगायत ठाउँमा चोट लागेको छ।

सबै जनाको अवस्था सामान्य रहेको छ भने २ जना पर्वत अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी रहेका ६ जनालाई आन्तरिक चोट लागेको हुन सक्ने भएकाले सिटी स्क्यानको लागि पोखरा जान सुझाव दिइएको छ।

प्रतिक्रिया