शुक्रबार, वैशाख २८, २०८१

ग्लोबल क्रिप्टोकरेन्सीको मार्केट भ्याल्यु २ ट्रिलियन डलर

नेपालखोज २०७८ असोज ३० गते ७:४३

काठमाडौं । ब्रोकर चुजर (Broker Chooser) को रिपोर्टअनुसार, संसारमा सबैभन्दा बढी क्रिप्टो मालिकको संख्या भारतमा छ । भनिन्छ भारतमा १०.०७ करोड क्रिप्टो धनी छन् । स्टक एक्सचेन्जको तथ्यांकअनुसार भारतमा सेयर लगानीकर्ताको संख्या ७० मिलियनबाट बढेर ८० मिलियन पुगेको छ ।

यसैगरी क्रिप्टो मालिकको मामिलामा अमेरिका २.७४ करोडका साथ दोस्रो स्थानमा छ । त्यसपछि रूस (१.७४ करोड) र नाइजेरिया (१.३० करोड) का साथ तेस्रो र चौथो स्थानमा छन् ।

जनसंख्याको प्रतिशतका हिसाबले हेर्दा भारतको कुल जनसंख्याको ७.३० प्रतिशत क्रिप्टो मालिक छन् । जनसंख्याका आधारमा भारत पाँचौं स्थानमा छ भने १२.७३ प्रतिशत मानिसका साथ युक्रेन पहिलो स्थानमा छ । त्यसपछि रूसमा ११.९१ प्रतिशत, केन्यामा ८.५२ प्रतिशत तथा अमेरिकामा ८.३१ मानिस क्रिप्टो मालिक छन् ।

अहिले ग्लोबल क्रिप्टोकरेन्सीको मार्केट भ्याल्यु दुई ट्रिलियन डलरको छेउछाउमा छ भने बजारमा ११ हजार क्रिप्टोकरेन्सीको कारोबार भइरहेको छ । क्रिप्टोकरेन्सीको भर्चुअल करेन्सी इनक्रिप्टेड हुन्छ । यो डिसेन्ट्रलाइज्ड हुनुका साथै सरकारको नियन्त्रणमा पनि हुँदैन । क्रिप्टोकरेन्सीको मूल्यमा निकै उतार-चढाव आइरहन्छ ।

मार्च २०२० मा भारतीय रिजर्भ बैंकले प्रतिबन्ध हटाएपछि, क्रिप्टोकरेन्सीमा लगानीकर्ताको संख्या तीव्र गतिमा बढ्न थालेको थियो । भारत सरकारले क्रिप्टोकरेन्सीमा निगरानी राख्न विधेयक ल्याउने तयारीसमेत गरिरहेको बताइन्छ । उता पाकिस्तानमा समेत क्रिप्टोकरेन्सीप्रति क्रेज देखिन्छ । छिमेकी मुलुक चीनमा भने यो डिजिटल मुद्रा प्रतिबन्धित छ । नेपाल राष्ट्र बैंकले पनि क्रिप्टोकरेन्सीको कारोबारमा रोक लगाएको छ । यद्यपि नेपालमा प्रशस्तै मानिस क्रिप्टोकरेन्सीको कारोबारमा संम्लग्न रहेको बताइन्छ ।

प्रतिक्रिया