शुक्रबार, वैशाख २८, २०८१

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल-भारत भिड्दै

नेपालखोज २०७८ असोज ३० गते ६:२९
Nepali Football Teem

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज (शनिबार) भारतसँग खेल्दै छ । मालेको माल्दिभ्स फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसार पौने ९ बजे सुरु हुनेछ ।

भारत लिग चरणको विजेताका रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो । भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुल्यो । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित ७ अंक प्राप्त गर्‍यो ।

नेपाललाई १–० ले र आयोजक तथा साबिक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत फाइनल पुगेको हो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले र श्रीलंकालाई ३-२ ले हराउँदै प्रतियोगिताको सानदार सुरुवात गरेको थियो । तेस्रो खेलमा भारतसँग १-० ले पराजित नेपालले अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्यो ।

नेपाल र भारत पहिलोपटक फाइनलमा भिड्न लागेका हुन् । नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो भने भारत ७ पटकको च्याम्पियन टिम हो ।

प्रतिक्रिया