बिहीबार, वैशाख २७, २०८१

कंगोको पहिलो डफ्फामा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

नेपालखोज २०७८ असोज ३० गते १२:१३

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्‌वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न यूएन मिसनहरुमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्त्वपुर्ण योगदान पुर्‍याउँदै आएको छ ।

सोही क्रममा असोज २८ गते कंगोमा पहिलो डफ्फामा सहभागी हुन प्रमुख सेनानी निखिल कुँवरको कमान्डमा एड्भान्स टोली नफ्री १/३४ (३५ जना) कतार एयरवेजमार्फत काठमाडौंबाट बिहीबार त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप गरिएका अदलीबदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको तथा भविष्यमा हुने अदलीबदलीको दौरानसमेत पालना गरिने जानकारी नेपाली सेनाले दिएको छ ।

प्रतिक्रिया