शनिबार, जेठ ५, २०८१

वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता

नेप्सेमा सूचीकृत २२० कम्पनीको चुक्ता पुँजी पाँच खर्ब ७५ अर्ब नाघ्यो

नेपालखोज २०७८ असोज ३१ गते ११:३१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकण शुल्क बुझाउन ताकेता गरेको छ । कम्पनीका धितोपत्र सूचीकरण विनियमावली २०७५ को भएको व्यवस्थाअनुसार नेप्सेले आर्थिक वर्ष ०७८/७९ को वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको हो ।

धितोपत्र सूचीकरण नियमावलीअनुसार वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकाले नेप्सेले सूचना जारी गर्दै शुल्क बुझाउन ताकेता गरेको हो । नेप्सेका अनुसार ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुनेको वार्षिक नवीकरण शुल्क ५० हजार रुपैयाँ रहेको छ भने ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी हुने कम्पनीको वार्षिक नवीकरण शुल्क एक लाख रुपैयाँ रहेको छ ।

यसैगरी डिबेन्चर, म्युचुअल फन्ड (सामूहिक लगानी कोष) को वार्षिक नवीकरण शुल्क बने ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुनेको हकमा २५ हजार ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी हुनेको हकमा ५० हजार रुपैयाँ तोकिएको छ ।

नेप्सेमा हाल सूचीकृत कम्पनीहरूको संख्या दुई सय २० पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ४४ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, चार व्यापारिक संस्था, पाँचवटा लगानी कम्पनी र तीन अन्य समूहका छन् ।

नेप्सेका अनुसार यी सबै कम्पनीहरूको कुल पाँच अर्ब ८५ करोड कित्ता सेयरको चुक्ता मूल्य भने पाँच खर्ब ७५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया