शुक्रबार, वैशाख २८, २०८१

छुट्टाछुट्टै स्थानबाट तीनजना मृत भेटिए

नेपालखोज २०७८ असोज ३१ गते १३:५५

काठमाडौं । तेह्रथुमको म्याङलुङ नगरपालिका ९, पाट्टीगाउँका ५५ वर्षीया दिलकुमारी लिम्बू आफ्नै घरदेखि करिब २० मिटर टाढा पानीको खाल्टोमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । घटनाबारे सोधपुछ तथा थप अनुसन्धानका लागि उनकै श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका १५, फूलबारीका ५५ वर्षीय चूडामणि अधिकारी सोही ठाउँस्थित धानखेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका २, फूलबारी जाने बाटोमा परिचय नखुलेका करिब ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया