शुक्रबार, वैशाख २८, २०८१

सुदूरपश्चिममा सरकारी कार्यालय आज पनि खुलेनन्

नेपालखोज २०७८ असोज ३१ गते १४:४१

बैतडी । सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन्। प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन्।

संघीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो। त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार दसैँका लागि भनेर २०७८ बैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको थियो। बैठकले सार्वजनिक गरेको बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ।

प्रतिक्रिया