शुक्रबार, वैशाख २८, २०८१

नेपालमा लगाए २९.७ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्राको खोप

नेपालखोज २०७८ असोज ३१ गते १४:५३

काठमाडौं । नेपालमा २९ दशमलव ७ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ६४ लाख ६९ हजार १५१ जनाले पूर्ण मात्रा खोप लगाएका हुन्।

नेपालमा गत माघ दोस्रो सातादेखि कोरोना विरुद्धको खोप अभियान जारी छ। त्यसयता खोप उपलब्ध नभएको समय र दसैँको बिदाका कारण केही दिन खोप कार्यक्रम रोकिए पनि अन्य समयमा भने खोप कार्यक्रम निरन्तर चलिरहेको छ। दसैँ लगत्तै फेरि खोप कार्यक्रम सुरु गर्ने सरकारको तयारी छ ।

नेपालका ३८.६ प्रतिशत अर्थात ८३ लाख ८८ हजार ४०२ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्। सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनालाई खोप लगाउने लक्ष्य लिएको छ। जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरुको संख्या भने समावेश गरिएको छैन।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेका, कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ।

प्रतिक्रिया