सोमबार, मंसिर १७, २०८१

दम बढेपछि मोहन वैद्य नर्भिक अस्पताल भर्ना

नेपालखोज २०७८ असोज ३१ गते १५:५२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ ।

अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको थियो । सो क्रममा सामान्य दाग समेत देखिएको छ । यद्यपी समस्या गम्भीर नरहेको चिकित्सकहरुले बताएका छन् । नेता वैद्य लामो समयदेखि दमबाट पीडित छन् ।

प्रतिक्रिया