शनिबार, वैशाख २९, २०८१

केरलामा बाढी : २६ जनाको मृत्यु, गाउँसँग सम्पर्कविच्छेद

नेपालखोज २०७८ कार्तिक १ गते ७:५८

केरला । दक्षिणी भारतीय राज्य केरलामा वर्षासँगै आएको बाढीका कारण हालसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ । कैयौँ सहर तथा गाउँसँग सम्पर्क विच्छेद भएको अधिकारीहरूले बताएका छन् ।

मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन् । थुप्रै मानिस अझै हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । कोटायाम जिल्लामा मानिसहरू बाढीका कारण फसेका छन् ।

सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा करिब चार सय जनाको मृत्यु भएको थियो । १० लाखभन्दा बढी व्यक्ति विस्थापित भएका थिए ।

प्रतिक्रिया