शनिबार, वैशाख २९, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेपालखोज २०७८ कार्तिक १ गते १०:००

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडमा बसिरहेको छ । पार्टी कार्यालयमा आज विहान ८ बजेबाट बैठक सुरु भएको हो ।

विहानैबाट बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

आजको बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ । कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।

यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ ।

प्रतिक्रिया