शुक्रबार, चैत १६, २०८०

बीएमडब्ल्यू लिमोजिनकाे आइकाेनिक एडिसन, फिचर्स र मूल्यसहित !

नेपालखोज २०७८ कार्तिक २ गते १४:५८

काठमाडौं । जर्मनीको लग्जरी कार निर्माता कम्पनी बीएमडब्ल्यूले भारतमा आफ्नो बीएमडब्ल्यू ३ सिरिज ग्रान्ड लिमोजिनको आइकोनिक एडिसन प्रस्तुत गरेको छ । यो कारको मूल्य भारतका शोरुमहरुमै ८५ लाख रुपैयाँभन्दा बढी पर्नेछ । यसमा नेपाल सरकारको भन्सार-कर आदि जोडिएको छैन ।

बीएमडब्ल्यू ३ सिरिज ग्रान्ड लिमोजिनको आइकोनिक एडिसन चेन्नईस्थित बीएमडब्ल्यूको प्लान्टमा तयार गरिएको हो । बीएमडब्ल्यूको यो आइकोनिक एडिसन दुई भेरियन्टमा तयार पारिएको छ जसमध्ये एउटा पेट्रोल र अर्को डिजेल भेरियन्ट छ । डिजेल इन्जिन भएको आइकोनिक एडिसनको मूल्य ८८ लाख रुपैयाँ जस्तो पर्न आउँछ ।

तीन कलर अप्सन
ग्रान्ड लिमोजिन आइकोनिक एडिसनमा ह्‌विलबेसलाई ११० एमएम बढाइएको छ । यसले गर्दा यसमा बस्दा खुट्टा राख्ने ठाउँ ( लेगरूम ) बढी प्राप्त हुनुका साथै बढि कम्फर्ट पनि हुनेछ । आइकोनिक एडिसनको लम्बाइ ४८१९ एमएम तथा ह्‌विलबेस २९६१ एमएमको छ । बीएमडब्ल्यू आइकोनिक एडिसन तीन कलर अप्सन- मिनरल ह्वाइट, कार्बन ब्ल्याक तथा कश्मीरी सिल्भरमा उपलब्ध गराइएको छ । यसमा ४८०-लिटरको ठूलो बुट स्पेस दिइएको छ जसलाई एक बटन अटोमेटिक टेल-गेटका माध्यमबाट खोल्न सकिन्छ ।

फिचर्स
बीएमडब्लू ३ सिरिज ग्रान्ड लिमोजिनको यो आइकोनिक एडिसनमा बीएमडब्ल्यूको किडनी ग्रिल तथा एलईडी हेडलाइट्सजस्ता स्टाइलिस्ट एलिमेन्टस समावेश छन् । यसको इन्टेरियरमा बढी स्पेस र पछाडि पर्याप्त लेगस्पेस छ । यसमा नयाँ डिजाइनको हेडरेस्ट, क्रिस्टल गियर सिफ्ट नोब, पछाडिको सिटको बीचमा आर्मरेस्ट तथा ‘३’ मोडलको लोगो प्राप्त हुन्छ । यसको पछाडि एल सेपको थ्रीडी एलईडी टेललाइट्स र दुई ठूला टेलपाइप दिइएका छन् , जसले यो कारलाई स्पोर्टी लुक प्रदान गर्छन् ।

इन्जिन र पावर
२५८ एचपी पावर आउटपुटका साथ यसमा दुई लिटरका चार-सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिनले कारलाई ६.२ सेकेन्डमै शून्यबाट १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा पुर्‍याउन सक्छ । यसको डिजेल भर्जनमा दुई लिटरका चार-सिलिन्डरयुक्त इन्जिन दिइएको छ । जसले १९० एचपीको शक्ति उत्पन्न गर्न सक्छ भने यसले केवल ७.६ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रति घण्टाको रफ्तार लिन सक्छ ।

प्रतिक्रिया