बुधबार, वैशाख १२, २०८१

गणेशको प्रिय लड्डु !

नेपालखोज २०७८ कार्तिक २ गते ५:००

आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ । मंगलबार सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

गणेशजीलाई लड्डु औधी मनपर्छ

पूर्वकालमा पार्वतीदेवीलाई देवताहरुले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए । लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले । तब माताले लड्डुको महत्वको वर्णन गरेर भत्रुभयो कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु ।

माताको यस्तो कुरा सुनेर कुमारले मयूरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आए । यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ भए ।

तब गणेशजीले श्रद्धापूर्वक माता–पितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिए । यो देखेर माता पार्वतीले भनिन् सबै तीर्थमा गरेको स्नान , सबै देवतालाई गरेको नमस्कार , सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत , मन्त्र , योग र संयमको पालन यीसबै साधनाहरु माता–पिताको पूजाको सोह«अंशको बराबर पनि हुन सक्दैन ।

त्यसकारण गणेशजी सयौं पुत्रहरु र सयौं गणहरुभन्दा पनि धेरै छन् । त्यसैले उनलाई गणनायक पनि भनिन्छ । पार्वतीमाताले भत्रुहुन्छ अतः यो लड्डु म गणेशलाई अर्पण गर्दछु । त्यसकारण यो लड्डुसँग माता–पिताको भक्ति पनि जोडिएको छ । हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उनले गरेको माता–पिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ । उनको साथमा रहने लड्डु यसैको प्रतीक हो ।

भगवान गणेश सबै शक्तिका श्रोत पनि हुन् । हुनत हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुन् । गणेशजी हाम्रो सोच , चिन्तन , धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उहाँ गुणहरुको खानी हुनुहुन्छ । उहाँमा सबै गुण र शक्तिहरु शोभायमान छ । उहाँ देवताहरुमध्ये गुणको देवता हुनुहुन्छ ।

गणेशजीको आँखा सानो छ जस्ले हामीलाई सूक्ष्म हेराइ हुनुपर्छ भन्ने ज्ञान दिलाउँछ । गणेशजकिो ठूलो शिर विवेकको प्रतीक हो । गणेशजीको ठूलो पेटले सहनशीलतालाई पचाउनुपर्छ भनेर सूचित गर्दछ ।

प्रतिक्रिया