शुक्रबार, वैशाख ७, २०८१

प्रदेश १, २, वाग्मती, र गण्डकी प्रदेशमा भारी वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

नेपालखोज २०७८ कार्तिक ३ गते ६:३७

काठमाडाैं । नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

अहिले प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू-भागहरूमामा सामान्यदेखि पूर्ण  बदली रहेको छ भने, प्रदेश १,  वाग्मती र  गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक/दई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे माैसम विभागले बुलेटीनमार्फत जनाएकाे छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएकाे छ । प्रदेश १, प्रदेश नं २, वाग्मती  प्रदेश,  र गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का थोरै र  प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ ।प्रदेश १ र  प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । साथै भारी वर्षा र हिमपात हुने स्थानका बासिन्दालाई आवश्यक सर्तकता अपनाउन माैसम विभागले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया