बिहीबार, वैशाख ६, २०८१

के तपाईं मोटाउन चाहनुहुन्छ ?

नेपालखोज २०७८ कार्तिक ४ गते ७:५०

मोटोपन हुनेहरुलाई जति चिन्ता छ । त्यत्तिकै पीर दुब्लोलाई पनि छ । दुब्लो भएर आकर्षक नदेखिएको भन्दै जीवनदेखि निराश हुनेहरु पनि भेटिन्छन्। सामान्यत: मोटाउनका लागि वयस्क व्यक्तिलाई दैनिक १८ सय देखि २ हजारसम्म क्यालोरी चाहिन्छ । दैनिक खाने खानमा उक्त परिमाणको क्यालोरी प्राप्त भएन भने मानिस मोटाउन सक्दैन । दुब्लो मानिसहरु उमेर नहुँदै बूढो देखिने हुँदा उनीहरुलाई कसरी मोटाउने अनि फिट हुने भन्ने चिन्ता बढी हुन्छ ।

मानिस किन दुब्लो हुन्छ ?
-इन्फेक्सनको खतरा भएर
-शरीरमा रोग भएर
-भोक नलानगेर
-पेटसम्बन्धी रोग लागेर
-क्यान्सर भएर
-जुका, टीभी, एचआईभी जस्ता रोगका कारण

कसरी मोटाउने
-क्यालोरी पर्याप्त भएका खाना मात्रा मिलाएर खाने
-प्रोटिन भएको खाना नियमित खाने
-दिनको ३ छाक खाने
-खाना खाइसकेपछि २०-३० मिनेट आराम गर्ने
-फ्याट भएको दूध खाने
-तनावमुक्त रहने
-चिज, आलु, फापर खाने
-माछा, मासु मिलाएर खाने ।

कतिपय खाना नै नरुचेर दुब्लो छन् भने कतिपय खाना धेरै खाँदा पनि खाना नपचेर दुब्लो छन् । खाना नपचेर दुब्लो हुनेका लागि खाना कसरी पचाउने त ? यी उपाय अवलम्बन गर्न सकिन्छ ।

-उत्तानो सुत्ने । दुबै खुट्टा जोड्ने । श्वास लिँदै दाहिने खुट्टालाई माथि उठाउने, घुँडा खुम्च्याएर खुट्टा समात्ने र टाउको उठाएर घुँडामा चिउँडोले छुने । अब केही बेर श्वास रोकेर अडिने । श्वास छोड्दै हात, टाउको तथा खुट्टा सोझो गरेर तल राख्ने गर्ने । यो विधिलाई एकपाद पवनमुक्तासन भनिन्छ । यस आसनबाट खाना सजिलै पच्ने हुन्छ ।

-उत्तानो सुत्ने । दुबै खुट्टा जोड्ने, हातलाई शरीरको दाँया–बाँया कम्मरसँगै राख्ने । अब श्वास लिँदै कम्मरको बलले दुवै खुट्टा, दुवै हात, टाउको र ढाडको माथिल्लो भाग, पिठ्युँलाई समेत माथि उठाउने । शरीरको तल्लो र माथिल्लो भाग बराबर, केही मात्रामा उठाएर ५–७ सेकेन्ड रोक्ने र श्वास छोड्दै तल राख्ने । यो विधिलाई नौकासन भनिन्छ । यो विधिले अपच घटाउँछ, भोक लगाउने काम गर्छ । कम्मर, पेटको बोसो कम बनाएर कम्मर क्षेत्रका पेटका अंगहरुलाई बलियो बनाउँछ । याद राखौं ढाड, कम्मर बढी दुख्ने समस्या भएकाले नौकासन भने गर्नु हुँदैन ।

-बसेर दुवै खुट्टा सोझो राख्ने । खुट्टा पालै पालो खुम्च्याए कुर्कुच्चामाथि नितम्ब राखी बस्ने । खुट्टाको बूढीऔंला एक–आपसमा छुने तर कुर्कुच्चा फरक राख्ने गरी ढाड र टाउको सोझो राख्नुपर्छ । दुवै हात सोझो पारी घुँडामाथि हत्केला टेकाउने । खाना खाएपछि यो आसनमा रहँदा श्वास बिस्तारै लिने र छोड्ने गर्नुपर्छ । यस आसनलाई वज्रासन भनिन्छ । खाना खाएपछि लगत्तै १५–२० मिनेट यस आसनमा बस्ने बानी गर्दा पाचनशक्ति बढ्ने र पेटका अन्य गडबडीहरुमा समेत लाभ प्राप्त हुने हुन्छ । याद गर्नुहास् घुँडा दुख्ने, कुर्कुच्चाको भाग दुख्ने तथा बढी तौल भएका व्यक्तिले वज्रासन गर्नु हुँदैन ।

प्रतिक्रिया