शुक्रबार, वैशाख ७, २०८१

कोरोना महामारी २०२२ सम्मै लम्बिन सक्ने डब्ल्यूएचओको चेतावनी

नेपालखोज २०७८ कार्तिक ४ गते १०:१३


काठमाडौं । कोरोना भाइरसको संक्रमण सन् २०२२ सम्म नै रहने सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।

विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोपहरू नपाइरहेकाले कोरोना महामारी बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको हो।

डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट सन् २०२२ को अन्त्यसम्मै लम्बिने देखिएको बताए।

अफ्रिकाको ५ प्रतिशतभन्दा कम जनसंख्याले कोभिड खोप पाएको छ तरअरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप लगाइसकेका छन्।

खोपको आवश्यकता रहेका देशहरूलाई यूकेले १ करोड मात्राभन्दा बढी खोप उपलब्ध गराएको छ। बीबीसी

प्रतिक्रिया