सोमबार, जेठ ७, २०८१

बागमती प्रदेशसभाको बैठक सर्‍यो !

नेपालखोज २०७८ कार्तिक ४ गते १३:३३

काठमाडौं । बागमती प्रदेशसभाको बैठक २ घन्टा पछि सरेको छ । नेकपा एमालेका सांसदहरु आइनपुगेकाले बैठक सारिएको बताइएको छ ।

बैठक दिउँसो १ बजेका लागी तय भए पनि प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक दुई घण्टा पछि सरेको जानकारी गराएको हो । अपराह्न्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया