सोमबार, जेठ ७, २०८१

सवारीसाधन दुर्घटनामा १२ को मृत्यु !

नेपालखोज २०७८ कार्तिक ४ गते १३:४४


बोलिभिया । बोलिभियाको लापाजमा सवारीसाधन दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेका दुई सवारी साधन ठोक्किँदा दुर्घटनामा भएको बताइएको छ ।

बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी ज्यान जानेमा खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन् । मजदुरसम्बन्धी कार्यक्रममा पुगेर फर्किने क्रममा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले दुई सवारी साधन ठोक्किन पुग्दा सो दुर्घटना भएको बताएको छ । यसक्रममा अरु दुई जना सक्त घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ । रासस\सिन्ह्वा

प्रतिक्रिया