बिहीबार, वैशाख १३, २०८१

चौबीस घण्टामा ५४५ संक्रमित थपिए, ८ जनाको मृत्यु

नेपालखोज २०७८ कार्तिक ४ गते १६:३३

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ७२६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट ४७० र १ हजार ९६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५ जना गरी जम्मा ५४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको छ ।

प्रतिक्रिया