मंगलबार, वैशाख ४, २०८१

वाग्मतीको मुख्‍यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव

नेपालखोज २०७८ कार्तिक ४ गते १७:५७

काठमाडौं । वाग्मती प्रदेशको मुख्‍यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको छ । आज प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताएका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ। तर पहिले एकीकृत समाजवादीका पाण्डे नैमुख्यमन्त्री बन्ने निश्चित भएको छ । यसअघि बुधवार गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको थियो ।

गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा कांग्रेसका इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया