बिहीबार, वैशाख १३, २०८१

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा

नेपालखोज २०७८ कार्तिक ४ गते १८:२५

काठमाडौं । शनिबारबाट आयोजना हुने मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । फुटबलर्स मिसन टुगेदरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

कात्तिक ६ देखि १६ गतेसम्म हुने प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गर्दै छन् । लिगकम नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा सहभागि भएका २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रतियोगिताका लागि एक टोलीमा २० खेलाडी राख्न पाइने छ । जसमा ३५ देखि देखी ४० वर्ष उमेर सम्मका तीन खेलाडी हुनेछन । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ । खेलको समय अवधि ६० मिनेट (एक हाफ ३० मिनेट) को हुने आयोजकले पत्रकार सम्मेलेनमा जानकारी दियो । खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया