शनिबार, वैशाख १५, २०८१

लक्ष्मी कसरी हुन्छिन् खुसी ?

नेपालखोज २०७८ कार्तिक ५ गते ५:००

शुक्रबार देवी लक्ष्मीको दिन भन्ने गरिन्छ । गृहलक्ष्मी देवी गृहिणीहरुबीच लज्जा, क्षमा, विनम्रता, स्नेह र प्रेमको रूपमा बस्छिन् । देवी लक्ष्मीको पूजा आराधनाले घरमा माया र शक्ति बनिरहन्छ जसले घर सुखी रहन्छ । यदि तपाईंको घरमा देवीले बास गर्न छोडिन् भने घर कलह, झगडा, निराशा आदिबाट ग्रसित हुन्छ भनि शास्त्रहरुमा उल्लेख गरिएको छ । घर मालिकलाई लक्ष्मीको प्रतीक मानिन्छ । जहाँ घरधनीको सम्मान हुँदैन, घर लक्ष्मी घर छोडेर जान्छिन ।

लक्ष्मीले घरमा कसरी बास गर्ने वातावरण बनाउने ?

१. बिहान उठ्नेबित्तिकै, देवी लक्ष्मीलाई सम्झने र आफ्नो नित्य कर्म गरेपछि सेतो कपडा लगाउने र श्री स्वरूप र मा लक्ष्मीको पाठ गर्ने साथै माता लक्ष्मीलाई कमलको फूल अर्पण गर्ने ।
२. कुनै विशेष कामले जाँदै हुनुहुन्छ भने घरबाट निस्कनु पहिला दही खाएर निस्कनुहोस् ।
३. यदि श्रीमान् श्रीमतीबीच मेल छैन झगडा भइरहन्छ भने आफू सुत्ने बेडमाथि शुक्रबार एउटा सुन्दर पंक्षीको जोडीको तस्बिर राख्नुहोस् जसले तपाईंलाई सुख र शान्ती दिन्छ ।
४. शुक्रबारको दिन माता लक्ष्मीको मन्दिरमा जानुहोस् र माता लक्ष्मीलाई मनपर्ने सबै प्रकारका मिठा खाना र मनपर्ने फलफूल चढाइदिनुहोस् ।
५. शुक्रबार माता गजलक्ष्मीको पूजा गर्नाले धन र सन्तान प्राप्त हुन्छ ।
६. वीरलक्ष्मी माताको पूजा गर्नाले राम्रो सौभाग्य साथै स्वास्थ्य प्रदान गर्दछ ।
७ घरमा स्थायी सुख र समृद्धिको लागि, पीपलको रूखको छायामा उभिएर, फलामको भाँडामा पानी, चिनी, घिउ र दूध मिलाएर पीपलको रूखको जरामा राख्नाले घरमा सुख शान्ती मिल्छ ।

घरमा फोहोरमैला भए सफा गर्ने, भाँडा नबजाउने, हल्ला नगर्ने, बिनाकारण बालबच्चालाई नपिट्ने, खाना खाएपछि भाँडा जुठा नराख्ने गर्दा पनि लक्ष्मीले घरमा सधैँ बास गर्छिन भन्ने शास्त्रहरुमा हामी पाउन सक्छौं ।

प्रतिक्रिया