मंगलबार, वैशाख ११, २०८१

नेपालले आज इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालखोज २०७८ कार्तिक ५ गते ६:५१

काठमाडौं । नेपालले आज इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा साँझ ५ः४५ बजे खेल हुनेछ ।

एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्ने बताइएको छ ।

प्रतिक्रिया