शुक्रबार, वैशाख १४, २०८१

बाढीपहिरो पीडितका लागि राहत प्याकेज ल्याउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

नेपालखोज २०७८ कार्तिक ५ गते ९:२९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागी सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । आज (शुक्रबार) बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताए ।

प्रधानमन्त्री देउवाले बिहीबार (हिजो) डोटी, बझाङ र डढेल्धुरामा भएको क्षतिको अवलोकन गरेका थिए । आज थप क्षेत्रको निरीक्षण गरी दिउँसो चार बजे उनी काठमाडौं फर्किने छन् ।

प्रधानमन्त्री देउवाले हिजो साँझ कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रको हवाई निरीक्षणसमेत गरेका थिए। त्यसक्रममा उनले प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया