शुक्रबार, वैशाख १४, २०८१

माओवादी अध्यक्ष प्रचण्ड धुलिखेलकाे जिपलाइनमा !

नेपालखोज २०७८ कार्तिक ५ गते १५:२१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिएका छन् । पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुगेका उनले आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।

साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उनको भनाइ छ ।

काठमाडौंबाट करिव ३५ किलोमीटर दुरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा सुरु भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ ।

प्रतिक्रिया