शुक्रबार, वैशाख १४, २०८१

चौबीस घण्टामा ७०८ संक्रमित थपिए, ११ जनाको मृत्यु

नेपालखोज २०७८ कार्तिक ५ गते १६:१०

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ९३२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २५३ जनाको पीसीआर परीक्षणबाट ५७४ र २ हजार १२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १३४ जना गरी जम्मा ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ९४६ रहेको छ ।

प्रतिक्रिया