शुक्रबार, वैशाख ७, २०८१

कात्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला हुने

नेपालखोज २०७८ कार्तिक ५ गते १६:४९

काठमाडाैं । नेपाल हस्तकला महासंघले आउँदो कात्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आउँदो कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो ।

महासंघले आउँदो कार्तिक ८, ९ र १० गते काठमाडौंको नक्शाल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्णगल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने मेलाका संयोजक विक्रमसिंह महर्जनले बताए । उनले मेलामा २५ वटा स्टल रहने र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको बताए ।

मेला संयोजक महर्जनले भने, ‘नक्शालमा ८,९, १०, ठिमी ११, १२, १३ र ललितपुर कृष्ण गल्ली, १४, १५, १६ मा हुन्छ, यस मेलामा २५ वटा स्टल रहनेछ, ३० देखि ३५ लाखको कारोबार हुने हाम्रो अनुमान छ ।’

मेला संयोजक महर्जनले मेलामा स्टलमा पहिलो प्राथमकता महासंघको सदस्यलाई दिने बताए । गैर सदस्यहरुलाई स्टलको रेन्ट लिने र त्यसमा छुट नदिएको बताए ।

कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र बिस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने महासंघले बताएको छ ।

प्रतिक्रिया