शुक्रबार, वैशाख ७, २०८१

एमालेको केन्द्रीय कमिटी बैठक आगामी शुक्रबारका लागि आह्वान

नेपालखोज २०७८ कार्तिक ५ गते २०:४६

काठमाडौं । नेकपा एमालेले यही कार्तिक १२ गते पार्टी केन्द्रिय कमिटीको बैठक बोलाएको छ । शुक्रबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयन सम्बन्धि मापदण्ड तय गर्न पार्टी केन्द्रिय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले रामबहादुर थापा नेतृत्वको २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीलाई पनि १ सदस्य पछि थप गर्ने गरी पूर्णता दिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

बैठकले १० बूँदे सहमती आम रुपमा कार्यान्वयन भएको निष्कर्ष निकाल्दै कार्यान्वयन हुन बाँकी रहेका ठाउँहरुमा आगामी केन्द्रिय कमिटीको बैठकसम्म कार्यान्वयन गरिसक्न पनि सम्बन्धित कार्य दललाई निर्देशन दिएको छ । त्यसैगरी रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समिरलाई पार्टी केन्द्रिय सदस्य मनोनित गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विरामी भई अस्पताल भर्ना भएका पार्टीका सचिव योगेश भट्टराईको शिघ्र स्वास्थ्यलाभको कामना गरेको र हालै दिवंगत भएका पार्टीका पुराना नेता ओम कोइरालाप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया