शुक्रबार, चैत १६, २०८०

पर्समा चाबी र पुराना बिल नराख्नुस् है ! वास्तुशास्त्रमा के छ ?

नेपालखोज २०७८ कार्तिक ६ गते ५:००

हिन्दु धर्ममा वास्तुशास्त्र विशेषको महत्त्व छ । हाम्रो वरपरका चिजहरुले पनि हाम्रो जीवनमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारिरहेको हुन्छ । सामान्यत: मानिसहरु आफ्नो पर्समा पैसाबाहेक अन्य धेरै चिज राख्छन् । धेरै यस्ता चिजहरु पनि छन् जुन वास्तुशास्त्रमा वर्णन गरिएअनुसार अशुभ मानिएको छ ।

केही यस्ता सामान जसलाई पर्समा राख्नु अशुभ मानिन्छ । वास्तुशास्त्रमा वर्णितअनुसार पर्समा पैसाबाहेक धेरै चीजहरु राख्दा पनि आर्थिक बाधा हुन सक्छ । यसबाहेक, जीवनमा कठिनाइहरु पनि आउँछन् । जान्नुहोस् यस्ता चीजहरु पर्समा राख्नु अशुभ मानिन्छ :

१. भगवान्‌को फोटो : वास्तुशास्त्रअनुसार कुनै पनि भगवान्‌को फोटो पर्समा राख्नु हुँदैन । यो विश्वास गरिन्छ कि पर्समा भगवान्‌को फोटो राख्दा ऋण लाग्ने तथा जीवनमा अनावश्यक बाधाहरु आइपर्छ ।

२. मृतकको फोटो : मृतक व्यक्तिको फोटो पर्समा कहिल्यै राख्नु हुँदैन । वास्तुशास्त्रमा यो अशुभ मानिन्छ । वास्तुशास्त्रमा यो भनिएको छ कि कोही पनि व्यक्तिले मृतकको फोटो आफ्नो पर्समा बोक्छन् उनीहरुलाई पैसाको सधैं संकट उत्पन्न हुने बताइएको छ ।

३. साँचो : पर्सभित्र कहिल्यै चाबी (साँचो) नराख्नुहोस् । वास्तुशास्त्रका अनुसार पर्समा चाबी राख्नुले जीवनमा नकारात्मकता ल्याउँछ । यसले आर्थिक संकट निम्त्याउन सक्छ ।

४. पुराना बिल : प्राय: मानिसहरु सामान खरिद गरेपछि आफ्नो पर्समा बिल राख्छन् । पुरानो बिल पर्समा राख्नु वास्तुशास्त्रमा अशुभ मानिन्छ । भनिन्छ कि पुराना बिलहरु आफ्नो पर्समा राख्ने व्यक्तिलाई लक्ष्मी साथ कहिल्यै रहँदैन ।

प्रतिक्रिया