शुक्रबार, वैशाख १४, २०८१

३ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७८ कार्तिक ६ गते ६:२२

काठमाडाैं । हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशभर प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।  प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आज राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।  वाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया