बिहीबार, वैशाख १३, २०८१

विश्वकप क्रिकेटमा सुपर टुवेल्भ स्पर्धाका खेल सुरु हुँदै

नेपालखोज २०७८ कार्तिक ६ गते ७:२५

काठमाडौं । युएई र ओमानको संयुक्त आयोजनामा भइरहेको ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा आज देखि सुपर टुवेल्भ अर्थात् मुख्य स्पर्धाका खेलरू सुरु हुँदैछ ।

आज दुई खेल हुने बताइएको छ । दिउँसो पौने ४ बजे अष्ट्रेलिया र दक्षिण अफ्रिका तथा बेलुकी पौने ८ बजे इङ्गल्याण्ड र वेष्ट इन्डिज भिड्ने छन् ।

शुक्रबार सुपर टुवेल्भको समीकरण पूरा भएको थियो । पहिलो चरणबाट श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र नामिबिया सुपर टुवेल्भमा पुगेका छन् ।

अन्तिम छनोटमा नामिबियाले आयरल्याण्डमाथि ८ विकेटको जित निकाल्दै मुख्य स्पर्धामा पुग्न सफल भएको हो । १ सय २६ रनको सामान्य चुनौती नामिबियाले १८ ओभर ३ बलमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।

जेहार्ड इरार्मसले अविजित ५३ तथा डेभिड वाइसीले १४ बलमा अविजित २८ रन जोडे । यसअघि आयरल्याण्डले ८ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो ।

पल स्टर्लिङ्गले ३८ रन बनाएको इनिङ्समा जान फ्राइलिंकले ३ तथा अलराउन्डर डेभिड वाइसीले २ विकेट लिए ।

प्रतिक्रिया