बिहीबार, वैशाख १३, २०८१

पाकिस्तानमा हिंसात्मक झडप, दुई सुरक्षाकर्मीको मृत्यु

नेपालखोज २०७८ कार्तिक ६ गते ७:५९

लाहोर । पाकिस्तानको लाहोरमा भएको हिंसात्मक झडपमा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सुरक्षाकर्मी र दषिणपन्थी समूहबीच भएको झडपमा दर्जनौ प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

कट्टरपन्थी तहरिक ए लाबियाक पाकिस्तान (टीएलपी) पार्टीका कार्यकर्ताले राजधानी इस्लामावादमा प्रदर्शन गर्न निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा सो घटना भएको बताइएको छ ।

टीएलपीले बन्दी रहेका आफ्ना नेता कार्यकर्ताका रिहाइको माग गर्दै सरकारविरुद्ध पदर्शन गर्दा सुरक्षाकर्मीले बल प्रयोग गरेको बताइएको छ ।

हिंसा बढ्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीले आसपासका सहरबाट सर्वसाधारणलाई राजधानी प्रवेशमा रोक लगाएको छ ।

प्रतिक्रिया