बुधबार, वैशाख १२, २०८१

अनाजको बिस्कुन ! (फोटो कथा)

नेपालखोज २०७८ कार्तिक ६ गते ११:५०
कैलालीको टीकापुरमा यही कात्तिक २ गते आएको बाढीले भिजेर नष्ट भएको गहुँको बीउलगायत खाद्यान्न सुकाइँदै । घरमा पसेको बाढीले सर्वसाधारणको सबै अन्न नष्ट गरेको छ ।
लगातारको वर्षाले भिजेको र बाढीले बगाएर बचेको उम्रिन लागेको परालसहितको धान कैलालीको टीकापुर नगरपालिका ७, हुलाकी राजमार्गअन्तर्गत सडक छेउमा सुकाउँदै किसान ।
निरन्तर परेको पानीले भिजेको धान शुक्लाफाँटा नगरपालिका २, लक्ष्मीपुरका किसान गाडामा राखेर घरतर्फ ल्याउँदै । भिजेको धान उम्रिन थालेपछि किसानले ठूलो क्षति व्यहोर्नुपरेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका ७ स्थित खेतमा मेसिनको प्रयोग गरेर मार्सी धान झार्दै किसान । यही कात्तिक १ गतेबाट निरन्तर परेको पानीले भित्र्याउने बेला भएको धानबालीलाई क्षति पुर्‍याएको छ ।
म्याग्दीको बेनी नगरपालिका २, ज्यामरुककोटको बगरफाँटमा पाक्नै लागेको धानबाली । यहाँ गौरिया, गुडुरालगायत स्थानीय जातको धान खेती गरिन्छ । बेमौसमी वर्षाले अरु ठाउँमा ठूलो क्षति पुर्‍याए पनि यहाँ लगाइएको धानबालीमा खासै क्षति पुगेको छैन ।

सबै तस्बिर : रासस

प्रतिक्रिया