शुक्रबार, चैत १६, २०८०

साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

नेपालखोज २०७८ कार्तिक ६ गते १४:३४

काठमाडौं । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । COP26 ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार यो घोषणा गरिएको हो ।

युवराज मोहम्मद बिन सलमानले ‘साउदी ग्रीन इनिसिएटिभ’ फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले भने, ‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ ।’

प्रतिक्रिया