शुक्रबार, वैशाख ७, २०८१

परराष्ट्रमन्त्रीले भने- लिपुलेकमा जनगणना गर्न भारतलाई सोध्नुपर्छ

नेपालखोज २०७८ कार्तिक ६ गते १५:४५

विराटनगर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत् विवाद समाधान गरिने बताए ।

नयाँ नक्सामा समेटिएका नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्ने वा नगर्नेबारे भारतलाई सोध्नुपर्ने उनले बताएका छन् । कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मूल गणना कार्य हुँदैछ तर उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन्।

त्यस्तै, परराष्ट्रमन्त्री डा. खड्काले आगामी चैत-बैशाखसम्म देशमा ‘अर्ली इलेक्सन’ हुन सक्ने बताएका छन् । उनले तत्कालै ‘अर्ली इलेक्सन’सम्भव नभए पनि सत्तारुढ गठबन्धनबीच सहमति भएमा आगामी चैत-बैशाखमा हुन सक्ने उल्लेख गरे । फरक प्रशंगमा खड्काले प्रदेश १ मा कांग्रेस नेतृत्वको सरकार गठन हुन सक्ने सम्भावना रहेको बताएका छन्।

प्रतिक्रिया