सोमबार, जेठ ७, २०८१

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी, यात्रु सकुशल

नेपालखोज २०७८ कार्तिक ७ गते ७:४३
सांकेतिक तस्बिर

काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आज विहान अचानक आगो लागेको छ । ३६ जना यात्रु लिएर आउँदै गरेको ना ६ ख १४७१ नम्बरको बसमा गजुरी बजार पुगेपछि आगलागी भएको हो ।

बसका यात्रु सकुल रहे पनि सामान र बस जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किन साथ बस रोकेर यात्रुलाई बाहिर निकालिएको थियो ।

आगो राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयबासीले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया