सोमबार, जेठ ७, २०८१

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपालखोज २०७८ कार्तिक ७ गते ८:१८

काठमाडौं । आजबाट देशभरका बालबालिकालाई भिटामिन ’ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सुरु हुँदैछ ।

पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

आज छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने छ । बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो ।

प्रतिक्रिया