सोमबार, जेठ ७, २०८१

प्रधानमन्त्री देउवा बाढीपहिरो र डुबान प्रभावित जिल्ला अवलोकनमा

नेपालखोज २०७८ कार्तिक ७ गते ९:४३
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टरबाट पूर्वका विभिन्न ठाउँको अवलोकनका लागि निस्किएका छन् । बाढीपहिरो र डुबान प्रभावित जिल्लामा भएको क्षतीको अवलोकन रपीडितसँग भेटेन त्यस तर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलगायत रहेका छन् ।

उनले आज सुनसरी, मोरङ, इलाम र पाँचथरमा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने छन् ।

प्रधानमन्त्री देउवाले बाढीपहिरोले बढी प्रभावित भएको पूर्वका विभिन्न जिल्लामा स्थलगत निरीक्षण गर्ने र आजै काठमाडौं फर्कने स्वकीय सचिव भानु देउवाले बताए ।

प्रतिक्रिया